पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ३ रुपैयाँ वृद्धि

काठमाडौं ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरेको छ । निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ बढाउने निर्णय गरेको हो। सोमबार नै भारतीय आयल कर्पोरेसनबाट पेट्रोल र डिजेलको मूल्य क्रमशः २ रुपैयाँ ९६ पैसा र ३ रुपैयाँ ४६ रुपैयाँ बढेर आएको थियो ।

बढेको मूल्य मंगलबार मध्यरात १२ बजेर १ मिनेटदेखि लागू हुने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । निगमका अनुसार पहिलो वर्गको पेट्रोलको मूल्य १७५ रुपैयाँ ५० पैसा, दोस्रो वर्गको १७७ रुपैयाँ र तेस्रो वर्गको १७८ रुपैयाँ कायम भएको छ । काठमाडौँ तेस्रो वर्गमा पर्छ । यस्तै डिजेल तथा मट्टितेलको पहिलो वर्गको १५८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गको १६० रुपैयाँ र तेस्रो वर्गको १६१ रुपैयाँ कायम भएको छ । निगमले मूल्य निर्धारण गर्दा पहिलो वर्गमा चारआली, विराटनगर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगन्जलाई राखेको छ भने दोस्रो वर्गको सूचीमा सुर्खेत र दाङ तथा तेस्रो वर्गको सूचीमा काठमाडौँ, पोखरा र दीपालयलाई राखेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर