मौसम : आंशिक बदलीदेखि मुख्यतया सफा रहने

काठमाडौं ।  काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसकारण सोमबार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली देखिएको हो ।

आज कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागको थोरै स्थान र बाँकी पहाडी भू–भागको एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । साथै, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यान्हपछि हावाहुरीको पनि सम्भावना रहेको छ । त्यस्तै, देशको उच्च पहाडी तथा हिमाली भू–भागको एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ  ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर