सुदूरपश्चिमको राजनीति पेचिलो, लक्ष्मणकिशोर चौधरीको मुख्यमन्त्रीमा दावी

काठमाडौं । सुदूरपश्चिममा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादीको समर्थनमा नागरिक उन्मुक्तिका रेशमलाल चौधरी पक्षका लक्ष्मणकिशोर चौधरीले मुख्यमन्त्रीमा दावी गरेका छन् ।

प्रदेश प्रमुख नाजिर मियाँलाई भेटेर उनले दाबेदारी प्रस्तुत गरेका हुन् । प्रदेश प्रमुखले दिएको १० दिने समय सीमा आइतबार साँझ ५ बजे सकिनै लाग्दा लक्ष्मणकिशोरले मुख्यमन्त्रीमा दाबेदारी गरे ।

एकीकृत समाजवादीलाई दिने भनिएको मुख्यमन्त्री पद अन्तिममा नागरिक उन्मुक्तिको रञ्जिता पक्षलाई दिने सहमति काठमाडौंमा शीर्ष नेताबिच भएपछि समाजवादीले रेशमलालनिकट लक्ष्मणकिशोरलाई समर्थन गरेको हो। नेपाली कांग्रेसका प्रमुख सचेतक विक्रम धामीले आफूहरूले आजै मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई अनुरोध गरेको बताए ।

मुख्यमन्त्रीमा दाबी गरेका चौधरीले आवश्यक बहुमत सङ्ख्या जुटाएर आफूले प्रदेश प्रमुखलाई दाबेदारी प्रस्तुत गरेको बताए । उनका पक्षमा कांग्रेसका १८, उन्मुक्तिका चार, समाजवादीका चार र राप्रपा १ गरेर २७ जना प्रदेशसभा सदस्य छन्। ५३ सदस्यीय प्रदेशसभामा हाल ५१ जना कायम रहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर