संसदको हिउँदे अधिवेशनको आज अन्तिम बैठक

काठमाडौं  ।  आज संसदको हिउँदे अधिवेशनअन्तर्गतको अन्तिम बैठक बस्दैछ। प्रतिनिधिसभाको बैठक संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बोलाइएको छ।

सरकारले  आज रातीबाट संसद अधिवेशन अन्त्यका लागि सिफारिस गरिसकेको छ। गत शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले संसद अधिवेशन अन्त्यको लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

यद्यपि संसद अधिवेशन अन्त्यको पत्र राष्ट्रपति कार्यालयबाट संसद सचिवालयमा आइनपुगेको र आजको कार्यसूचीमा कुनै फरक नपर्ने  संसद सचिवालयका प्रवक्ता एकराम गिरीले बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर