रास्वपाले सरकारमा सहभागी हुने कि नहुनेसम्बन्धमा शुक्रबार निर्णय गर्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने कि नहुने भन्ने विषयमा शुक्रबार मात्रै निर्णय गर्ने भएको छ ।
गत वैशाख १० गते सम्पन्न प्रतिनिधिसभाको उपचुनावपछि राजधानीमा सोमबार पहिलो पटक बसेको केन्द्रीय समितिको बैठकले उक्त समझदारी बनाएको बुझिएको छ ।
रास्वपाका केन्द्रीय सदस्यहरू नै आपसमा सरकारमा जाने कि नजाने भन्ने विषयमा मतैक्यता छैनन् । रास्वपा सूत्रका अनुसार केही सदस्यहरू जनताले रास्वपामाथि गरेको भरोसालाई पूर्ति गर्न सरकारमा गएर सेवा दिनुपर्ने मत राख्छन् भने केही सदस्यहरू रास्वपाले सरकारलाई दिएको समर्थनलाई वे–वास्ता गरी प्रचण्डले नीति नै फेरिसकेकाले सरकारमा सहभागी हुनु अहिले परिस्थितिमा उपयुक्त नहुने तर्क गर्छन् । त्यसमाथि त सोमबार प्रधानमन्त्री प्रचण्डले चितवनमा पत्रकारहरूसँग कुरा गदैृ रवि लामिछानेलाई रोजेकै मन्त्रालय दिन नसकिने बताएपछि । रास्वपाका नेता झस्किएका छन् ।
लामिछानेलाई संसदीय दलको नेता चयन गर्न सिफारिस
राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति तथा सांसद रवि लामिछानेलाई संसदीय दलको नेता चयन गर्न सिफारिस गरेको छ । सोमबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले सभापति लामिछानेलाई दलको नेता चयन गर्न सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता मुकुल ढकालले जानकारी दिए । १० वैशाखमा भएको उपनिर्वाचनमा लामिछाने चितवन-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।