गृहमन्त्रीद्वारा मिठाइ बाँडेर नयाँ वर्ष ०८१ को सुरुवात

काठमाडौं  ।  उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सडकमा मिठाइ बाँडेर नयाँ वर्ष ०८१ को सुरुवात गरेका छन् । सडकमा खटिएका प्रहरीसँग गृहमन्त्री लामिछानेले शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाएका हुन् । आज बिहान काठमाडौंको थापाथली चोक पुगेर गृहमन्त्री लामिछानेले सडकमा ड्युटी गरिरहेका प्रहरीलाई मिठाइ बाडेका छन् ।

उनले सडकमा खटिएका ट्राफिक प्रहरीलाई हौसला प्रदान गर्दै नयाँ वर्षको शुभकामना दिएका हुन् । सडकमा भेटिएका ज्येष्ठ नागरिक, सवारीचालक र यात्रुलाई समेत नयाँ वर्षको शुभकामना दिँदै मन्त्री लामिछानेलले लड्डु बाँडेका थिए । यसैबिच गृहमन्त्री लामिछानेले नागरिकको सुरक्षामा कुनै सम्झौता नहुने बताए । नयाँ वर्षको अवसरमा काठमाडौंको थापाथलीस्थित सडकमा नेपाल प्रहरी, ट्राफिक प्रहरी र सर्वसाधारणसँग नयाँ वर्षको अवसरमा खुसीयाली साटासाट गर्न पुगेका उनले जनताका सबै किसिमका गुनासाहरू यथोचित् ढङ्गबाट समाधान हुने प्रतिबद्धता पनि जनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर