आजदेखि २०८१ नयाँ वर्षारम्भ, उत्साह र उमंगको कामना

काठमाडौं । विक्रम संवत् पात्रोअनुसार आज शनिबारदेखि नयाँ वर्ष २०८१ प्रारम्भ भएको छ । आज वैशाख १ गते नेपालीका लागि विशेष दिन हो । चन्द्रमानक हिसाबले चैत्र शुक्ल प्रतिपदा तिथिका दिन नयाँ वर्ष आरम्भ हुन्छ । विक्रम संवत् राजा विक्रमादित्यको राज्याभिषेकका दिनदेखि प्रारम्भ भएको मानिन्छ । प्रजावत्सल, पराक्रमी, विश्व शान्तिका प्रणेता राजा विक्रमादित्य आर्यावर्त जम्बुद्वीपअन्तर्गत उज्जैन नगरीका सुविख्यात राजा थिए । उनको शासनकालमा आर्यावर्तमा प्रजाजन सुखी र समृद्ध भएकाले विक्रमादित्यको प्रत्यक्ष शासनमा नभएका राज्यहरूले पनि विक्रम संवत पात्रो वैज्ञानिक र हिन्दू वैदिक परम्परामा आधारित भएकाले अनुशरण गरेको विद्वानहरूको मत रहेको छ ।

नयाँ वर्षका अवसरमा आपसमा सद्भावका तथा आदानप्रदान गर्ने गरिन्छ । नयाँ वर्षको अघिल्लो साँझ साथीभाइ, इष्टमित्र भेटघाटसहित रमाइलो गरी वर्षान्त पनि मनाइन्छ । नयाँ वर्षमा धार्मिक आस्था राख्नेहरूले मठमन्दिरमा गई पूजाआजा गर्ने पनि गर्दछन् । विगतका कामको समीक्षा गर्दै कमजोरी सुधारेर नयाँ जोश र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लाग्न नयाँ वर्षका अवसरमा दृढ संकल्प गर्ने गरिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर