कांग्रेसको मागलाई उपेक्षा गर्दै हिउँदे अधिवेशन अन्त्य गर्ने तयारीमा सरकार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच मुलुकको पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज शुक्रबार भएको भेटमा समसामयिक राजनीतिक विषयका अतिरिक्त सङ्घीय संसद्को अधिवेशनसम्बन्धी छलफल भएको जनाइएको छ ।
सिंहदरबारमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका कारण प्रतिनिधिसभाको बैठक चल्न नसकेको बताए । सरकारले विजनेश नै नपाएर अधिवेशन अन्त्य गर्ने तयारी गरेको हो ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने, “कांग्रेसले चल्न नदिएर हो ।” कांग्रेसले गृहमन्त्री रवि लामिछानेको सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग राखी प्रतिनिधिसभाको र्बैठक अवरोध गर्ने चेतावनी दिएकाले सरकार संसदको हिउँदे अधिवेशनको अन्त्यको तयारीमा लागेको बुझिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर