बर्षको अन्तिम दिन सुनको मूल्यमा नयाँ रेकर्ड

काठमााडौं । यो बर्षको अन्तिम कारोबारको दिन अर्थात शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार ४०० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुन १ लाख ३९ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ३८ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन बिहीबार छापावाल सुन १ लाख ३६ हजार ६०० र तेजाबी सुन १ लाख ३५ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

यता, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी तोलामा ५० रुपैयाँले बढेर तोलाको १७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर