आइपिएलमा मुम्बई इन्डियन्स विजयी

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेञ्जर्स बैंगलुरुलाई मुम्बई इन्डियन्सले हराएको छ। गए राति वाङ्खेडे स्टेडियममा भएको खेलमा जितका लागि १९७ रनको लक्ष्य पछ्याएको मुम्बईले तीन विकेटमात्रै गुमाएर २७ बल बाँकी छँदै खेल पूरा गर्‍यो। मुम्बईका लागि ओपनर इशान किशन र सूर्यकुमार यादवले अर्धशतक हाने। इशानले ३४ बलमा ७ चौका र ५ छक्का प्रहार गरी ६९ रन बनाउँदा सूर्यकुमारले मात्र १९ बलमा ५ चौका र ४ छक्का प्रहार गरी ५२ रनको योगदान गरे। त्यस्तै रोहित शर्माले २४ बलमा ३ चौका र ३ छक्का प्रहार गरी ३८ रन जोडे।
कप्तान हार्दिक पाण्ड्या ६ बलमा ३ छक्का प्रहार गरी २१ रन बनाएर नट आउट रहे। तिलक बर्मा पनि १० बलमा ३ चौका प्रहार गरी १६ रन बनाएर नट आउट रहे। बलिङतर्फ बैंगलुरुका आकाशदीप, विजयकुमार विशक र विल ज्याक्सले एकरएक विकेट लिए। घरेलु मैदानमा पहिले ब्याटिङ गरेको बैंगलुरूले ८ विकेट गुमाएर १९६ रन बनाएको थियो। ओपनर विराट कोहली ३ रन बनाएर आउट हुँदा अर्का ओपनर फाफ डु प्लेसिसले ४० बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ६१ रन बनाए।

त्यस्तै विल ज्याक्स ८ रनमा आउट हुँदा रजत पाटिदारले २६ बलमा ३ चौका र ४ छक्का प्रहार गरी ५० रन बनाए। दिनेश कार्थिकले २३ बलमा ५ चौका र ४ छक्का प्रहार गरी ५३ रन जोडे। ग्लेन म्याक्सवेल र महिपाल लोम्रोर शून्य रनमा आउट हुन पुगे। यसरी तीन ब्याटरले अर्धशतक बनाए पनि बैंगलुरूले हार टार्न सकेन। बलिङतर्फ मुम्बईका जसप्रित बुमराहले पाँच विकेट लिए। जेराल्ड कोत्जी, आकाश माधवल र श्रीयश गोपालले एकरएक विकेट लिए। यो सँगै बैंगलुरु लगातार तीन खेलमा पराजित भएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर