साउदी सुपर कप अल हिलालले जित्यो

काठमाडौं ।  अल हिलालले साउदी सुपर कपको उपाधि जितेको छ । अल हिलालले बिहीबार राति सम्पन्न फाइनल खेलमा अल इत्तिहादलाई ४-१ गोल अन्तरले पराजित गर्दै सुपर कपको उपाधि जितेको हो ।

अल हिलालको जितमा माल्कमले २ गोल गरेका थिए भने सलेम अल्दावसारी र नासेर अल्दावसारीले एक एक गोल गरेका थिए । त्यसैगरी अल इत्तिहादका लागि एक गोल अब्देराजक हाम्दल्लाहले गरेका थिए । योसँगै अल हिलालले चौथो पटक सुपर कपको उपाधि जितेको छ । २०१३ देखि शुरु गरिएको साउदी सुपर कप अहिलेसम्म धेरै जित्ने पनि अल हिलाल नै हो । त्यसपछि अल नासरले २ पटक र अल इत्तिहाद, अल फातेह, अल शबाब र अल अहिलले एक एक पटक यो उपाधि जितेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर