हावाहुरीका कारण उडानहरू प्रभावित, वायु प्रदूषण कम हुने आशा

काठमाडौं । आज बिहीबार अपराह्न मौसममा आएको प्रतिकूलका कारण अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र दुवै उडान प्रभावित भएको छ । हावाहुरीका कारण आन्तरिक उडानका जहाज ‘डाइभर्ट’ भएका छन् भने अन्तर्राष्ट्रियतर्फ केही जहाज आकाशमा ‘होल्ड’ हुनुका साथै केही जहाज विभिन्न गन्तव्यमा डाइभर्ट भएका छन् ।

विमानस्थल स्रोतका अनुसार नेपालगञ्जबाट काठमाडौं आउदै गरेको बुद्ध एअरको जहाज भैरहवा फर्किएको थियो भने सिमराबाट काठमाडौं आइरहेको सोही कम्पनीको जहाज सिमरा नै डाइभर्ट भएको छ । काठमाडौंबाट पोखरा जान लागेको यति एअरलाइन्सको जहाज काठमाडौँ नै फर्किएको छ । यसैबिच काठमाडौंका केही ठाउँहरुमा आज परेको पानीका कारण वायु प्रदूषणमा केही कमी आउने मौसमविदहरूले बताएका छन् । केही समयदेखि पानी नपर्दा र देशभर लागेको डढेलोको कारण काठमाडौं विश्वकै सबैभन्दा बढी प्रदूषित शहरको रूपमा सूचीकृत भएको छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रमा हल्का वर्षा भएको र उपत्यकामा पनि साँझसम्म हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । आज राति भने कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाद्वारा जारी बुलेटिनमा जनइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर