नेपाली सेनाको प्रवक्तामा सहायक रथि केसी

काठमाडौं । नेपाली सेनाको प्रवक्ताको जिम्मेवारीमा सहायक रथि गौरवकुमार केसीलाई तोकिएको छ । पोखरास्थित ३ नम्बर बाहिनी अड्डा प्रमुख केसीलाई सैनिक मुख्यालयले सैनिक जनसम्पर्क तथा सूचना निर्देशक तथा सङ्गठनको प्रवक्ताको जिम्मेवारी दिएको हो ।

हालका प्रवक्ता कृष्णप्रसाद भण्डारीको जङ्गीअड्डास्थित सैनिक अभिलेखालमा सरुवा भएका छन् । उनले केही दिनमा सहायक रथि केसीलाई प्रवक्ताको जिम्मेवारी औपचारिकरुपमा हस्तान्तरण गर्नेछन् । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको स्थापना विसं २०५८ चैत २० गते भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर