सिन्धुलीको एनसेल टावरमा कुकर बम बिस्फोट

काठमाडौं ।  सिन्धुलीको एक एनसेल टावरमा बम बिस्फोट भएको छ । सिन्धुलीको कमलामाई नगरपालिका–५ गैयाटार स्थित एनसेल टावरमा कुकर बम विस्फोट भएको स्थानियले जनाएका छन् । बुधबार राति करिब १ बजेतिर विस्फोट भएको स्थानीय बासिन्दाको भनाइ छ ।
विस्फोटबाट टावरका तारहरू जलेको र अहिले आसपासको क्षेत्रमा एनसेलको सेवा अवरुद्ध भएको प्रहरीले जनाएको छ । विस्फोट गरिएको ठाउँ वरपर जनमुक्ति सेना नेपालको पर्चा भेटिएको छ भने बिस्फोट गर्नेहरुको खोजी हुनुका साथै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (तस्बिरः सांकेतिक)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर