गुजरात टाइटन्सद्वारा राजस्थान रोयल्स तीन विकेटले पराजित

काठमाडौं ।  इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई तीन विकेटले पराजित गरेको छ। घरेलु मैदानमा राजस्थानले दिएको १ सय ९७ रनको विशाल लक्ष्य गुजरातले अन्तिम बलमा ७ विकेट गुमाएर भेट्टायो। अन्तिम ओभरमा १५ रन चाहिएकोमा राशिद खान एक्लैले १७ रन ल्याएपछि ल्याएपछि गुजरातले खेल जितेको हो।

रासिद खानले आवेश खानको पहिलो तीन बलमा ४, २ र ४ रन प्रहार गरे। चौथो बलमा उनले एक रन लिए भने पाँचौं बलमा ३ रन लिने क्रममा राहुल टेवाटिया रन आउट भए। अन्तिम बलमा २ रन चाहिएको अवस्थामा रासिदले चौका प्रहार गरेपछि गुजरातले खेलमा रोमान्चक जित निकाल्यो।

गुजरातका लागि कप्तान शुभमन गिलले सर्वाधिक ७२ रन बनाए। यस्तै ओपनर साई सुदर्शनले ३५ तथा रासिदले  २४ रन बनाए भने टेवाटियाले २२ रन जोडे।राजस्थानका लागि कुलदीप सेनले ३ तथा युजभेन्द्र चहलले २ विकेट लिए। आवेश खानले १ विकेट लिए। त्यसअघि जयपुरमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ३ विकेट मात्र गुमाएर १ सय ९६ रन बनायो। राजस्थानका लागि रियान परागले सर्वाधिक ७६ रन बनाए।

कप्तान संजु स्यामसनले ६८ रन जोडे। त्यस्तै यशसस्वी जैसवालले २४ रन बनाए। गुजरातका लागि उमेश यादव, रासिद र मोहित शर्माले समान १ विकेट लिए। जितपछि गुजरात ६ खेलमा ६ अंक सहित छैठौं स्थानमा छ। राजस्थान ५ खेलमा ८ अंक सहित शीर्ष स्थानमा छ। प्रतियोगितामा आज मुम्बई इंडियन र रोयल च्यालेन्जर्स बेंगलूरु बीच खेल हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर