रियल मड्रिड र म्यानचेस्टर सिटी बराबर

काठमाडौं । च्याम्पियन्स लिगमा रियल मड्रिड र म्यानचेस्टर सिटीले रोमाञ्चक बराबरी खेलेका छन् । रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा गएराति भएको खेलमा दुवै टोलीले ३-३ को बराबरी खेलेका हुन् । खेलको दोस्रो मिनेटमा नै बर्नार्डो सिल्भाले सिटीलाई अग्रता दिलाएका थिए । १२औं मिनेटमा रियलले खेलमा बराबरी गोल गर्‍यो । रियलका एडुवार्डो कामाभिंगाले बराबरी गोल गरे । १४औं मिनेटमा फेरि रियलले अग्रता लियो ।

रोड्रीगोले दोस्रो गोल गरे । ​६६औं मिनेटमा फिल फोडेनले पुनः बक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै सिटीलाई खेलमा फर्काएका थिए । तर, त्यसको पाँच मिनेटपछि जोस्को गवार्डीओलले गोल गर्दै सिटी खेलमा अग्रता लियो । तर सिटीको अग्रता फेरि पनि धेरै बेर टिक्न सकेन । ७९औं मिनेटमा फेडेरिको भालभर्डेले गोल गरेर खेल ३–३ को स्थितिमा ल्याए। गएराति नै भएको अको अर्को क्वाटरफाइनल खेलको पहिलो लेगमा आर्सनल र बायर्न म्युनिखले पनि २–२ को बराबरी खेलेका छन्। क्वाटरफाइनल टाईको दोस्रो लेग अप्रिल १८ मा  सिटीको घरेलु मैदानमा हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर