शेयर बजारको उकालो यात्रातर्फ

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले बढेर बन्द भएको छ । आज नेप्से ९.१९ अंकले बढेर दुई हजार ३६ दशमलव १ विन्दुमा बन्द भएको हो ।

नेप्सेमा आज ४ अर्ब १४ करोड ३७ लाख ८३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १५० वटाको बढेको छ भने ८६ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ९ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा जानकी फाइनान्स कम्पनी लिमिटेड, नेपाल फाइनान्स कम्पनी र पोखरा फाइनान्स रहेका छन् । यी कम्पनीको शेयरमूल्यमा आज सकारात्मक सर्किट लागेको छ ।

आज वीन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । त्यस्तै, सबैभन्दा बढी कारोबार सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । आज यस कम्पनीको १८ करोड ८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर