सुनको मूल्यमा एक सय रुपैयाँले वृद्धि

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा आज सामान्य रुपमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको छ । सोमबार प्रतितोला रु। एक लाख ३६ हजार दुई सयमा कारोबार भएको छापावाल सुन आजका लागि भने रु। एक लाख ३६ हजार तीन सय निर्धारण भएको छ ।

त्यस्तै, तेजावी सुन सोमबार प्रतितोला एक लाख ३५ हजार पाँच सय ५० मा कारोबार भएकोमा महासङ्घले आजका लागि भने । एक लाख ३५ हजार छ सय ५० निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्यमा भने कुने परिवर्तन भएको छैन । महासङ्घले आज चाँदीको मूल्य तोलामा एक हजार सय ८५ निर्धारण भएको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर