पाँच टी–२० प्रतियोगिताको खेल तालिका सार्वजनिक

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच नेपालमा हुने पाँच टी–२० प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ। आइसीसी टी(२० विश्वकपअघि नेपालले वेस्ट इन्डिज एसँग पाँचवटा टी-२० शृंखला खेल्ने भएको हो। त्यसका लागि वेस्टइन्डिज नेपाल आउँदै छ। खेल तालिका वेस्टइन्डिज क्रिकेट बोर्डले सार्वजनिक गरेको हो। जसअनुसार पहिलो खेल अप्रिल २७ मा हुनेछ। त्यसपछि दोस्रो अप्रिल २८, तेस्रो मे १, चौथो मे २ र पाचौँ मे ४ मा हुनेछन्। सबै खेल काठमाडौंस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।
नेपाली समय अनुसार दिउँसो १ बजे खेल सुरु हुनेछ। ओमानबाट फर्केपछि नेपालले घरेलु मैदानमा वेस्ट इन्डिज एुसँग टी–२० शृंखला खेल्नेछ। उक्त शृंखलापछि नेपाली टोली आइसीसी टी–२० विश्वकपका लागि अमेरिका जानेछ।
प्रतिक्रिया