गृहमन्त्री रविमाथि छानबिन गर्न समिति बनाउनुपर्ने कांग्रेसको बटम लाइन

काठमाडौं । नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक भोलि चैत २७ गते बस्ने भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बिहान ८ बजे बस्ने बैठकमा संसद्को आगामी बैठकको तयारीका सम्बन्धमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ ।

कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता अनुसन्धान गर्न संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको छ । पछिल्लो समय मन्त्री लामिछानेले विधेयक पेस गर्न नपाउने सर्तमा कांग्रेसले तीन दिनका लागि संसदमा अवरोध रोकेको थियो ।

कांग्रेसले सरकारलाई छानबिन समिति लिएर आउन चैत २१ गतेसम्मको अल्टिमेटम दिएको थियो। तर सो अवधिसम्म पनि सरकारले कांग्रेसको मागअनुसार समिति नबनाएपछि अब संसदमा कसरी प्रस्तुत हुने भन्ने बिषयमा छलफल गर्न पदाधिकारी बैठक बसेकोमा पुनः भोलि बस्ने भएको हो ।
यसैबीच बैठकको निर्णयबारे जानकारी दिँदै पार्टी महामन्त्री गगन थापाले संसदीय छानबिन समिति कस्तो बनाउने त्यसको क्षेत्राधिकार खुलेर छलफल गर्न तयार रहेको बताए। संसदीय छानबिन समिति गठन नै आफूहरूको बटमलाइन रहेको उनको भनाइ छ।

संसदीय छानविन समिति गठन भएको अवस्थामा रविले नैतिकताको आधारमा गृहमन्त्री पदबाट राजीनामा दिनुपर्नेछ। पदीय प्रभावका आधारमा प्रहरीमा रोकिएको छानविन संसदमा आइपुग्नेछ। रवि लामिछानेको नाममा निकास भएको रकमबारे उनले अनेक दाबी गर्दै आए पनि उनी समेत सञ्चालक रहेको गोर्खा मिडिया प्रालीमा जीबी राई समूह जोडिएको विभिन्न सहकारीबाट ८० करोड हाराहारीको रकम गएको विभिन्न अनुसन्धानबाट खुलिसकेको कांग्रेसको बुझाइ रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर