उम्मेदवारको नामावली प्रकाशन गरिने

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचन कार्यतालिका अनुसार उम्मेदवारविरुद्ध परेका उजुरीमाथि आज जाँचबुझ गरिने छ ।
आयोगका अनुसार हिजो बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने समय थियो । हिजै ३ बजेपछि आज बेलुका ५ बजेसम्ममा उजुरीमाथि जाँचबुझ गरिने कार्यतालिका छ । आयोगको छानविनपछि आज बेलुका उम्मेदवारको नामावली प्रकाशन गरिनेछ । २७ गते भोलि बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर