एमालेका नेता महेश बस्नेतविरुद्ध भ्रूणहत्या र बलात्कारको जाहेरी

काठमाडौं ।  नेकपा एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतविरुद्ध एक युवतीले फौजदारी कसुरको जाहेरी दर्ता गराएकी छन्। जिल्ला प्रहरी परिसर काठमाडौंमा बस्नेतविरुद्ध भ्रूणहत्या, बलात्कार र डाँका-चोरी आरोपमा जाहेरी दर्ता भएको प्रहरीले बताएको छ।

पीडितले हुलाकमार्फत पठाएको जाहेरी दर्ता गरिएको  र पीडित युवतीले बस्नेतले आफूलाई दुई पटक बलात्कार गरेको आरोपसमेत लगाएकी छन्। बस्नेतमाथि २ महिना १५ दिनको भ्रूण हत्या गरेको पनि आरोप छ।

औषधि खुवाएर र अप्रेसन गरेर दुईपटक भ्रूण हत्या गरेको पीडितले आरोप लगाएकी छन्। बलात्कार र भ्रूण हत्याको प्रमाण लुकाउन बस्नेतले आफ्नो अपार्टमेन्टमा डाँका-चोरीसमेत गराएको पीडित युवतीको दाबी छ । प्रहरीले जाहेरीको सत्यतामाथि अनुसन्धान गरिरहेको बताइएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले बस्नेतमाथि अनुसन्धान अघि बढाउन निर्देशन दिएपछि प्रहरीले अनुसन्धान थालेको हो । सरकारी वलिक कार्यालयका प्रमुख सन्देश श्रेष्ठले प्रहरीलाई बस्नेतमाथिको उजुरीबारे छानबिन गर्न पत्र पठाइएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर