नेपाल ‘ए’ विरुद्ध आयरल्यान्डको क्लिन स्विप

काठमाडौं । नेपाल ‘ए’ टोलीसँगको तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खला आयरल्यान्ड ‘ए’ ले ‘क्लिन स्विप’ गरेको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा आज भएको तेस्रो तथा अन्तिम खेलमा नेपाल ‘ए’ लाई ६९ रनले हरा’ए ।

आयरल्यान्ड ‘ए’ ले दिएको २ सय ८५ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ ३९ ओभर ४ बलमा २ सय १५ रन बनाउँदा अल आउट भयो । नेपाल ‘ए’ का अर्जुन कुमालले शतक बनाए । अर्जुन १ सय १८ बलमा १ सय २ रन बनाए । यस्तै अर्जुन साउदले ३६ रन जोडे । नेपालले ‘ए’ ले २२ रन अतिरिक्त पायो । बलिङतर्फ आयरल्यान्ड ‘ए’ का बेन ह्वाइटले ५ र गभिन होवेले ४ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको आयरल्यान्ड ‘ए’ ले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८४ रन बनायो । आयरल्यान्ड ‘ए’ का स्टेफेन डोहेनीले शतक बनाए । डोहेनी १ सय २९ बलमा १ सय ७ रन बनाएर आउट भए । यस्तै पिटर मूरले २५ बलमा ४४ रन जोडे । बलिङतर्फ नेपाल ‘ए’ का रञ्जितकुमार र रिजन ढकालले समान ३ विकेट लिए । एकदिवसीय क्रिकेट शृङ्खलामा आयरल्यान्ड ‘ए’ ले पहिलो खेल २१ रन र दोस्रो खेल १ सय १४ रनले जितेको थियो । यसअघि नेपाल ‘ए’ टोलीसँगको तीन खेलको टी–२० क्रिकेट शृङ्खला आयरल्यान्ड ‘ए’ ले २–१ ले जितेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर