कांग्रेसले उपनिर्वाचनमा उपेन्द्र यादवलाई समर्थन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा जनता समाजवादी पार्टी जसपाका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय सानेपामा आइतबार बसेको कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले बारा–२ मा जसपाका उम्मेद्वारलाई समर्थन गर्ने निर्णय गरेको हो ।

बैठकमा जसपाको उम्मेदवारलाई सघाउने सभापति शेरबहादुर देउवाले राखेको प्रस्ताव सर्वसम्मत पारित गरिएको छ । यसअघि बसेको कार्यसम्पादन समितिको बैठकमा पनि जसपाका उम्मेद्वारलाई नै सघाउनेबारे छलफल भएपनि विवाद हुँदा निर्णय हुन सकेको थिएन । आइतबारको बैठकले भने सर्वसम्मतले निर्णय गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर