६ वर्षका आरभ बन्धुको एकल खुल्ला चित्रकला प्रदर्शनी आयोजना

काठमाडौं । काठमाडौंको अत्तरखेलस्थित चेल्सी वर्ल्ड स्कुलमा युकेजीमा अध्ययनरत ६ वर्षका आरभ बन्धुको एकल खुल्ला चित्रकला प्रदर्शनी आयोजना गरिएको छ ।

छात्र आरभ बन्धु थापाले कोरेका सम्पदा, मठ–मन्दिर तथा प्रकृतिका दृश्यहरूको २५ ओटा चित्रकला प्रदर्शनीमा राखिएका छन् । चेल्सी वर्ल्ड स्कुलको समन्वयमा एन. बी. सेन्टरको उमोजा कफी नेपालमा आइतबार आयोजित प्रदर्शनीमा आमन्त्रित चित्रकलाप्रेमीहरूले अभिरूचिपूर्वक अवलोकन गरेका थिए ।

बाल प्रतिभा आरभले भने, “नेपालस्थित मठ–मन्दिरहरूको भ्रमणपश्चात ती सम्पदाको प्रतिकृति कोरिएको र प्राकृतिक चित्र आफ्नै परिकल्पनामा सिर्जना गरेको हुँ ।” आफूलाई चित्र कोर्दा आनन्द लाग्ने र यसमा आफ्नो अभिरुचि भएकाले चित्रकलाप्रति आफू आकर्षित भएको उनले सञ्चारकर्मीहरूलाई बताए ।

चित्रकला प्रदर्शनीको एक हजारभन्दा बढीले अवलोकन गरेको आरभका बुवा भरत बन्धु थापाले जानकारी दिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर