गण्डकीमा मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले गण्डकी प्रदेशमा मुख्यमन्त्री नियुक्ति असंवेधानिक भएको टिप्पणी गरेको छ । कांग्रेस ससंदीय दलका तर्फबाट प्रदेश प्रमुख डिल्लीराज भट्टलाई पठाइएको पत्रमा खगराज अधिकारीलाई समर्थन गरेको भनिएका ३१ जना प्रदेशसभा सदस्यको हस्ताक्षरको आधिकारिक सनाखत हुनुपर्ने माग गरिएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले बताए। उनले दल त्याग गरिसकेको अवस्थामा सभामुख पद तटस्थ हुने भन्दै सरकार गठनको जोडघटाउमा सभामुख लाग्न नमिल्ने बताए।

“संविधानको व्यवस्था अनुसार सरकार गठन हुनुपर्छ, अहिले गरिएको मुख्यमन्त्रीको नियुक्ति असंवैधानिक रहेको हाम्रो ठहर छ”, सचेतक न्यौपानेले भने। प्रदेश प्रमुख भट्टले नेकपा एमाले गण्डकी प्रदेशसभा संसदीय दलका नेता खगराज अधिकारीलाई आज संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर