आइतबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९८ पैसा र  बिक्री दर ३३ रुपैयाँ ५८ पैसा रहेको छ । आज युरो एकको खरिद दर १४४ रुपैयाँ १० पैसा र बिक्री दर १४४ रुपैयाँ ७५ पैसा रहेको छ। यस्तै गरी, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ९६ पैसा र बिक्री दर १६८ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ५७ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९६ पैसा छ भने कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ ४७ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ४२ पैसा रहेको छ । बहराइन दिनारको खरिददर ३५२ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ३० पैसा निर्धारण भएको राष्ट्र बैंकले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर