ललितपुरको हात्तीवनमा आगलागीबाट एकजनाको मृत्यु

काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्वर–२३ हात्तीवनस्थित एक कारखानामा आगलागी हुँदा शनिबार एक जनाको मृत्यु भएको छ ।

कृष्ण लोच्छे र भीम लोच्छेले सञ्चालन गरेको सिगम मेटल इन्डष्ट्रिजमा आज बिहान आगलागी हुँदा सोफामुनि सुतेको अवस्थामा अन्दाजी बर्ष ४५ को राजु ठकुरीको जलेर मृत्यु भएको हो । बिजुली सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको भनाइ छ । ललितपुर महानगरका तीनओटा दमकलले आगो निभाइएको थियो । (तस्बिरः सांकेतिक)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर