सुनसरीको हरिनगरमा सेना परिचालन र अनिश्चितकालीन कर्फ्यु

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवासहित जिल्लाका पाँच गाउँपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । त्यस्तै हरिनगरमा गए रातिदेखि नेपाली सेनासमेत परिचालन गरेको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका, इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका र कोसी गाउँपालिकामा कर्फ्यु आदेश जारी गरेको हो । कर्फ्युको समयमा पूर्व पश्चिम महेन्द्र राजमार्ग भएर आवतजावत गर्ने सवारीसाधनलाई निगरानी गरेर चल्न दिने सूचनामा उल्लेख गरिएको छ ।

सुनसरी दक्षिणवर्ती क्षेत्र हरिनगरको भुटाहामा हिन्दु र मुस्लिम दुई समूहबिचको झडपले उग्र रूप लिएपछि वरपरका स्थानीय तहमा पनि कर्फ्यु लगाइएको हो । घटनास्थलमा प्रहरीले ८० राउन्ड हवाई फायर गरेको र ४० सेल अश्रुग्याँस प्रहार गरेको सुनसरीका निमित्त प्रमुख जिल्ला अधिकारी वेदराज फुयाँलले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर