सुनसरीको पाँच गाउँपालिकामा कर्फ्यु आदेश जारी

काठमाडौं । सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका पाँचओटा गाउँपालिकामा शान्तिसुरक्षा स्थापनार्थ शुक्रबार अपराह्नदेखि कर्फ्यु आदेश जारी गरेको छ । कामु प्रमुख जिल्ला अधिकारी वेदराज फुयालद्वारा जारी सूचनामा इनरुवा नगरपालिका, हरिनगर, देवानगञ्ज, झोक्राहा नरसिंह र कोशी गाउँपालिकामा आज अपराह्न ५ बजेदेखि लागू हुने गरी कर्फ्यु आदेश जारी भएको उल्लेख गरिएको छ ।

कार्यालयले जारी गरेको सूचनामा शान्तिसुरक्षाको संवेदनशीलतालाई समेत ध्यानमा राखी सम्भावित मानवीय क्षति कम गर्न तथा सम्पत्तिको सुरक्षा गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम अर्को सूचना नभएसम्मका कर्फ्यु आदेश जारी गरिएको उल्लेख छ ।

भुटाहामा हिजो बिहीबार हिन्दु युवामाथि मुस्लिम युवा समूहले कुटपिट गरेका थियो । उक्त कुटपिट घटना विषयलाई लिएर स्थानीय हिन्दु समूहले उक्त घटनाको विरोधमा आज बिहानैबाट प्रदर्शन चर्काएका थिए । मुस्लिम समूहका युवाको कुटपिटमा परेका हिन्दु युवाले मुस्लिम धर्मसँग सम्बन्धित उश्रृङ्खल अभिव्यक्ति दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । सोही कारण उनीमाथि आक्रमण भएको बुझिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर