आयरल्यान्ड ‘ए’ सँग नेपाल ‘ए’ नराम्ररी पराजित

काठमाडौं । नेपाल ‘ए’ सँगको एक दिवसीय सिरिज आयरल्यान्ड ‘ए’ ले एक खेल अगाडि नै जितेको छ। एक दिवसीय सिरिजको दोस्रो खेलमा ब्याटिङ गर्दै नेपालले एक खेल अगाडि नै सिरिज गुमाएको हो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार आयरल्यान्ड ‘ए’सँग नेपाल ‘ए’ ११४ रनले पराजित भएको हो। आयरल्यान्डले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपालले १६।५ ओभरमा ६० रन बनाएर सबै विकेट गुमाएको हो।

नेपालका भीम सार्कीले २१ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक १७ रन बनाए । विनोद भण्डारी १९ बलमा २ चौकासहित १६ रनमा आउट भए । नेपालका अन्य नौ ब्याट्स म्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन्।

आयरल्यान्डका म्याथ्यु हम्फ्रेजले ८ रन खर्चेर ६ विकेट लिएर नेपालको इनिङलाई धरापमा पा।ेका थिए । थोमस मेयर्स र फिन ह्यान्डले २र२ विकेट हात पारे ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्यान्डले ३८।४ ओभरमा १७४ रन बनाएको थियो। आयरल्यान्डका गेभिन होइले ५० रन बनाउँदा कप्तान निल रक ४५ रनमा आउट भएको थियो। उसका लागि लियाम म्याकार्थीले ३५ रन जोड्दा पिटर मुर १७ रनमा आउट भएको थियो। आयरल्यान्डविरुद्ध पावर प्लेमा नेपालले राम्रो बलिङ गरेको थियो। स्पिनर साहब आलम र रिजन ढकालले ३र३ विकेट लिए। मौसम ढकालले २ र कमलसिंह ऐरीले १ विकेट हात पारेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर