आन्दोलन गर्नुपरेकोमा माफी माग्दै महावीर पुनको आन्दोलनमा समर्थन

काठमाडौँ, । विवेकशील साझा पार्टीका नेता मिलन पाण्डेले महावीर पुनको आन्दोलनलाई समर्थन गर्दै अन्य देशहरू मङ्गल ग्रह कब्जा गर्ने भनेर लडिरहेको बेलामा रिसर्च र इनोभेसनको लागी यसरी आन्दोलन गर्नुपर्ने अवस्थाका लागी एउटा राजनीतिज्ञ भएको नाताले दुख लागेको बताएका छन्।

पुनको आन्दोलनमा सरिक हुँदै मन्तव्य राख्ने क्रममा पाण्डेले सत्तापक्ष र विपक्षका सबै नेता आएर समर्थन गरेको तर नीति बनाउने नियत नदेखेकोमा आफूलाई दुख लागेको समेत बताए। पाण्डेले व्यङ्ग्य गर्दै भने, एक दुई दिनमा सायद प्रधानमन्त्री नै आन्दोलनमा आएर सरकारसँग आफै माग गर्न बेर छैन।

देशको यो अर्थतन्त्रलाई धान्न र अघि बढाउन उद्यमशीलता र त्यसमा पनि प्रवर्तन र आविष्कारलाई प्रोत्साहन नगर्ने हो भने हामी निकै पछि पर्ने बताए। उनले आफू र आफ्नो पार्टीको यो आन्दोलनमा समर्थन रहेको समेत बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर