आजको शेयर बजारमा ३.४३ अंकको गिरावट

काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार झिनो अंकको गिरावट भएको छ । आज नेप्से ३.४३ अंकले घटेर दुई हजार ६ दशमलव ७८ विन्दुमा बन्द भएको हो ।

नेप्सेमा आज २ अर्ब ५३ करोड ६२ लाख ३३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १०३ वटाको बढेको छ भने १३२ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड, वीन नेपाल लघुवित्त वित्तीय संस्था र मानुषी लघुवित्त वित्तीय संस्था रहेका छन् । यी कम्पनीको शेयरमूल्यमा आज सकारात्मक सर्किट लागेको छ ।

आज रिभर फल्स पावर लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ४.४० प्रतिशतले घटेको छ । त्यस्तै, सबैभन्दा बढी कारोबार सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । आज यस कम्पनीको २५ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर