गण्डकीमा नयाँ सरकार गठन गर्न आह्वान

काठमाडौं ।  गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले चैत २७ गते अपराह्न ३ बजेभित्र नयाँ मुख्यमन्त्रीमा दावी पेस गर्न आह्वान गरेका छन्।  प्रदेश प्रमुख भट्टले बुधबार संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई नयाँ सरकार गठन गर्न सात दिनको समय दिएका हुन्।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार बिहान राजीनामा दिएका थिए। प्रदेश प्रमुख भट्टले संविधानको धारा १६८ उपधारा (२) अनुसार नै सरकार गठनको लागि दलहरुलाई अवसर दिएका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर