नेपाल-आयरल्यान्डबिच ओडीआई सिरिज आजदेखि हुने

काठमाडौं । नेपाल भ्रमणमा रहेको आयरल्यान्ड ‘ए’ र नेपाल ‘ए’ टोली बीचको तीन खेलको ओडीआई सिरिज आज बुधबारदेखि सुरु हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान साढे ९ बजे सुरु हुनेछ।
सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले यसअघि नै विनोद भण्डारीको कप्तानीमा टोली घोषणा गरिसकेको छ। नेपाल ‘ए’ टोलीले यसअघि आयरल्याण्डसँग नै तीन खेलको टी–२० सिरिज खेलेको थियो। घरेलु मैदानमा भएको सिरिज नेपाल ‘ए’ टोलीले २–१ ले गुमाएको थियो। त्यसअघि आयरल्याण्ड ‘ए’ टोलीले नेपालको सिनियर टोलीसँग पनि दुई खेलको टी–२० सिरिज खेलेको थियो। जुन सिरिजमा नेपालले क्लीन स्वीप गरेको थियो।
ओडीआई खेल्ने नेपाली टोली
विनोद भण्डारी (कप्तान), अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भिम सार्की, अर्जुन साउद, आरिफ शेख, बसिर अहमद, कमलसिंह ऐरि, शाहब आलम, रन्जित कुमार, रुपेश सिंह, रिजन ढकाल, विकास अग्री र मौसम ढकाल।