नेप्सेमा मंगलबार झिनो अंकको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको तेस्रो कारोबारको दिन मंगलबार झिनो अंकको गिरावट भएको छ । आज नेप्से १.८५ अंकले घटेर दुई हजार १० दशमलव २१ विन्दुमा बन्द भएको हो । नेप्सेमा आज २ अर्ब २९ करोड १६ लाख ४५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १०९ वटाको बढेको छ भने १२७ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ८ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड र गणपति लघुवित्त वित्तीय संस्था रहेका छन् । यी कम्पनीको शेयरमूल्यमा आज सकारात्मक सर्किट लागेको छ । आज ज्योति विकास बैंक बोण्ड २०८७ को शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ७।५० प्रतिशतले घटेको छ । त्यस्तै, सबैभन्दा बढी कारोबार गोर्खाज फाइनान्स लिमिटेडको भएको छ । आज यस कम्पनीको १४ करोड ९८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर