राजीनामाको मागबाट असमञ्जस्यमा परेका गृहमन्त्रीको सञ्चारकर्मीसँग आक्रोश

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी घोटाला प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसदीय छानबिनमा सहयोग पुर्‍याउन राजीनामा दिनुपर्ने भन्ने लगातारको मागबाट असमञ्जस्यमा परेका उनले आज सञ्चारकर्मीहरूलाई समाचार छाप्दा अनुसन्धान गरेर सही र तथ्यपरक समाचार छाप्नुपर्ने भनी आक्रोश व्यक्त गरेका छन् । प्रतिनिधिसभाको आज चलिरहेको बैठकमा भाग लिनको लागि संसद् भवन पुग्दा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले भने, “मिडियाले कतिपय विषयमा प्रमाणित नै गरेजसरी समाचार लेख्ने गरेको छ । समाचार आएपछि पुग्यो, तपाईंहरूले त्यसलाई हेर्नुपर्ने, प्रमाण खोज्नुपर्ने, सही हो कि होइन, भन्नेकुरा । हेडलाइनमा एउटा कोइसन मार्क राखेर ठगीमा ? भनेर कोइसन मार्क राखिदिएको हो कि, हत्कडी लगाएर प्रमाणित गरिदिएको हो कि ? भन्नु नपर्ने ? छापिदिएपछि पुग्यो।”
उनले कुनैपनि विषयमा प्रश्न उठ्दैमा दोषी नै प्रमाणित नहुनेतर्फ टिप्पणी गरे । गृहमन्त्रीले थपे, ‘साथीहरु त पत्रकार नै होजस्तो लाग्छ मलाई, एउटा पत्रकारले, पत्रिकाले कतै लेखिदिएपछि त्यो प्रमाणित नै भन्ने मान्यता हामीले बनाउने हो भने त सकिइहाल्यो । होइन, तपाईंहरूको अन्य साथीहरूले के रहेछ भनेर हेर्दा, खोज्दा सुन्दा, प्रश्न उठाउने, आशंकाहरू अभिव्यक्त गर्ने, हामीलाई जिम्मेवार बनाउनलाई गर्ने क्रम चलिरहन्छ ।’
उनले भने ,‘प्रश्न उठ्दैमा आत्तिनुपर्ने कुरा त केही पनि छैन् । जसले आएर उजुरी थमाईदिन्छ, जसले आएर जाहेरी थमाईदिन्छ, कागज थमाईदिन्छ, भएभरका सबै छानबिन गर्न सुरु गर्ने हो भने त्यसको लागि त्यस्तै किसिमको एउटा सम्झौता गर्नुपर्‍यो नि । सदनमा उठेका कुरा मैले सदनमा उभिएर बोल्न पाउनुपर्छ ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर