मंगलबारका लागि विदेशी मुद्राको विनियम दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७५ पैसा रहेको छ भने युरो १ को खरिदर १४३ रुपैयाँ ५८ पैसा र बिक्रीदर १४४ रुपैयाँ २३ पैसा निर्धारण भएको छ। बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १६८ रुपैयाँ ७१ पैसा छ। यसैगरी अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ८७ रुपैयाँ १७ पैसा छ। कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ ८४ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ७९ पैसा छ भने बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ १६ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ७६ पैसा निर्धारण भएको राष्ट्रबैंकले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर