आइपिएलमा मुम्बई इन्डियन्स राजस्थान रोयल्ससँग पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गए राति भएको खेलमा मुम्बई इन्डियन्स राजस्थान रोयल्ससँग पराजित भएको छ । राजस्थानले मुम्बईविरुद्ध ६ विकेटको जित निकालेको हो । टस जितेर पहिले फिल्डिङ रोजेको राजस्थानका बलहरूहरू उत्कृष्ट प्रदर्शन गरेका थिए । राजस्थानको कसिलो बलिङका अगाडि मुम्बई निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १२५ रनमा समेटियो ।

१२६ रनको विजय लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको राजस्थानले ४ विकेटको क्षतिमा १५.३ ओभरमा ४ विकेट गुमाउँदै १२७ रन बनाएर लक्ष्य पूरा गर्‍यो । मुम्बईका लागि इसान किसनले १६ रन जोडे भने रोहित शर्मा, नमन धिर र दिवाल्द ब्रेभिस शून्य रनमा पेभेलियन फर्किए । त्यस्तै तिलक बर्माले ३२ रन जोड्दा कप्तान हार्दिक पाण्ड्याले ३४ रन जोडे ।

पियुस चाउला ३, टिम डेभिड १७, गेराल्ड कोट्जे ४ रन जोडेर पेभेलियन फर्कंदा जसप्रित बुमराह ८ र आकास मधुवाल ४ रनमा नटआउट रहे । बलिङतर्फ राजस्थानका ट्रेन बोल्टले ४ ओभरमा २२ रन दिँदै ३ विकेट लिए भने समान ओभर बलिङ गरेका यजुवेन्द्र चहलले ११ रन दिएर ३ विकेट लिए । त्यस्तै नान्द्रे बर्गरले २ तथा आवेश खानले १ विकेट लिएपछि मुम्बई सस्तैमा समेटिएको हो ।

ब्याटिङतर्फ राजस्थानका यसस्वी जयसवालले १०, जोस बट्लरले १३, कप्तान सन्जु सामसनले १२, रविचन्द्रन अस्विनले १६ रन जोड्दा रियान परागले नटआउट रहँदै ५४ रनको अर्धशतकीय पारी खेले भने शुभम दुवे ८ रनमा नटआउट रहे । बलिङतर्फ मुम्बईका आकाश मधुवालाले ३ तथा केवेन माफाकाले १ विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर