रुस–युक्रेन युद्धमा रहेका नेपालीको जीवन रक्षाका लागि प्रदर्शन

काठमाडौं । रुस–युक्रेन युद्धमा मृत्यु तथा घाइते नेपाली युवाका परिवारहरुले सोमबार सिंहदरबार दक्षिण गेटमा जीवन रक्षाका लागि प्रदर्शन गरेका छन्। युद्धमा घाइते नेपालीको उपचार र क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, युद्धग्रस्त क्षेत्रमा रहेका नेपालीहरुलाई स्वदेश फर्कने वातावरण बनाउनुपर्नेलगायतका माग राख्दै उनीहरुले सिंहदरबार दक्षिण गेट अगाडि प्रदर्शन गरेका हुन् । उनीहरुको प्रदर्शनपछि प्रहरीले निषेधित क्षेत्र भन्दै हस्तक्षेप गरेको थियो। प्रहरीले १८ जनालाई नियन्त्रणमा लिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर