आज सोमबार सुन प्रतितोला १६ सय महँगियो

काठमाडौं । नेपाली बजारमा सुनको भाउले ृकालो लाग्ने क्रम जारी छ । आइतबार प्रतितोला १ लाख ३० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज सोमबार १६ सय रुपैयाँले महँगिएको छ । आज छापावाला सुन प्रतितोला १ लाख ३१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य अहिसम्मकै सबेचन्दा उच्च हो ।

यस्तै तेजाबी सुन तोलामा १ लाख ३० हजार ९५० सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला १ हजार ५ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर