अनलाइनबाट ठगी गर्ने तीनजना चिनियाँ पक्राउ

काठमाडौं । अनलाइनबाट ठगी धन्दा चलाउने तीनजना चिनियाँलाई प्रहरीले पक्राउ गरेको छ । अनलाइन लट्री र अनलाइन सपिङजस्ता विभिन्न प्रलोभन देखाई नेपाली तथा विदेशी व्यक्तिलाई ठगी गर्ने गिरोह सक्रिय रहेको सूचनाको आधारमा अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय पर्साले तीनजना चिनियाँलाई पक्राउ गरेको हो ।

वीरगञ्ज महानगरपालिका १५ स्थित फ्ल्याट लिएर चिनियाँहरूले अनलाइन ठगीधन्दा चलाएको सूचना पाएपछि पर्सा प्रहरीले शनिवार साँझ छापा मारेको थियो । फ्ल्याटबाट दुई चिनियाँ पक्राउ परेका हुन् । शनिवार राति नै थप एक चिनियाँलाई पक्राउ गरिएको थियो । पक्राउ पर्नेमा ३३ वर्षीय लिलु गुई चाइ, २६ वर्षीय वाङ बोहान र ३६ वर्षीय छिङ झाव छन् । प्रहरीले उनीहरुको साथबाट १२० थान कम्प्युटर, ल्यापटप, ३५ थान मोबाईल फोन र अन्य विधुतीय उपकरणहरू बरामद गरेको जनाएको छ । उनीहरूलाई पक्राउ गरी आइतबार सार्वजनिक गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर