बिंग्टनमाथि लिभरपुलको २-१ को जित

काठमाडौं ।  इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटी र आर्सनलले गोलरहित बराबरी खेल्दा बिंग्टनमाथि लिभरपुलले २-१ को जित निकालेको छ। गएराति सिटीको घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा दुवै टिमले गोलका लागि अनेक अवसर सिर्जना गरे पनि गोल भने गर्न सकेनन्। बराबरीसँगै आर्सनल २९ खेलमा ६५ अंकसहित दोस्रो र सिटी समान खेलमा ६४ अंकसहित तेस्रो स्थानमा छ।

यस्तै गएराति नै एनफिल्डमा भएको खेलमा ब्रिंग्टनमाथि घरेलु टोलीले सुन्दर पुनरागमन गर्‍यो। खेलको दोस्रो मिनेटमै गोल खाएको लिभरपुलले पहिलो हाफमा बराबरी गोल फर्कायो भने दोस्रो हाफमा थप एक गोल गर्दै शीर्ष स्थानमा उक्लियो। ब्रिंग्टनका लागि खेलको दोस्रो मिनेटमा ड्यानी वेल्बेकले गोल गर्दा लिभरपुलका लागि २७औं मिनेटमा लुइस डियाज र ६५औं मिनेटमा मोहम्मद सलाहले गोल गरे। जितसँगै लिभरपुल ६७ अंकसहित शीर्ष स्थानमा उक्लिँदा ब्रिंग्टन ४२ अंकसहित नवौं स्थानमा छ। त्यसैगरी हिजै भएको अर्को खेलमा ब्रेनफोर्ड र म्यान्चेस्टर युनाइटेडले १-१ को बराबरी खेले। दुवै गोल इन्जुरी समयमा भयो। युनाइटेडका मसन माउन्टले इन्जुरी समयको छैटौं मिनेटमा गोल गर्दा ब्रेनफोर्डका क्रिष्टोफर अजेरले इन्जुरी समयको नवौं मिनेटमा गोल गरे। युनाइटेड र ब्रेनफोर्ड अंकतालिकामा क्रमशः ४८ र २७ अंकसहित छैटौं र पन्ध्रौं स्थानमा छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर