शेयरबजारको ओरालो यात्रा

काठमाडौं । साताको पहिलो कारोबार दिन आज आइतबार शेयर बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.३० अंकले घटेको छ। गत साताको अन्तिम कारोबार दिन झिनो अंकको सुधार देखिएको नेप्से आज ०.८५ प्रतिशतले घटेको हो।

कूल ७९ लाख ५७ हजार ६५९ कित्ता शेयर ३ अर्ब २० करोड ५३ लाख ३२ हजार रुपैयाँमा कारोबार हुँदा १७२ कम्पनीका शेयरधनीले गुमाएका छन्‌। बजार घटेपनि ६३ कम्पनीका शेयरधनीले कमाएका छन्‌। १० कम्पनीको शेयरमूल्य स्थिर छ। नेप्सेमा दोहोरो अंकको गिरावट हुँदा पनि मायाखोला हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताहरूले सर्वाधित १० प्रतिशत कमाएका छन्‌। सो कम्पनीको प्रतिकित्ता शेयरमूल्य आज ३०.४० रुपैयाँले बढेर ३३४.४० रुपैयाँ पुगेको छ।

सर्वोत्तम सिमेन्टका लगानीकर्ताले आज शेयरबजारमा सर्वाधिक ९.९९ प्रतिशत गुमाएका छन्‌। सो कम्पनीको प्रतिकित्ता शेयरमूल्य १०८.२० रुपैयाँले घटेर ९७४.५० रुपैयाँ कायम भएको छ। आज बजारमा सर्वोत्तम सिमेन्टकै शेयर सर्वाधिक कारोबार भएको छ। २८ करोड ६८ लाख ९३ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर