दर्जनौं मागसहित मेयर हर्क साम्पाङ गृहमन्त्रीसमक्ष पुगे

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने र धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङबिच आइतबार भेटवार्ता भएको छ । गृह मन्त्रालयमा भएको भेटवार्तामा साम्पाङले धरानसँग सम्बन्धित दर्जनभन्दा माग राखे । धरानमा इलाका प्रहरी र ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण, सशस्त्र प्रहरीको गुल्म स्थापना र सुरक्षाकर्मीका लागि पर्याप्त सोतसाधनको माग, लागूऔषध दुर्व्यसनी नियन्त्रण सापाङको प्रमुख माग थियो ।

साम्पाङको मागअनुसार गृहमन्त्रीले सम्बोधन प्रक्रिया सुरु गर्न कर्मचारीलाई निर्देशन समेत दिए । धरानका युवायुवतीको प्रमुख समस्या भनेको लागूपदार्थ सेवन हो । नशाका लागि विभिन्न थरीका औषधी मिसाएर खाने प्रवृत्ति बढेको तर त्यसविरुद्ध कारबाही चलाउन कानुन पर्याप्त नभएको गुनासो साम्पाङले गरे । जवाफमा गृहमन्त्री लामिछानेले लागूपदार्थ नियन्त्रणका लागि तीनै तहका सरकारबिच प्रभावकारी सहकार्यसहित विशेष अभियान सञ्चालन गर्नुपर्ने बताए । त्यसैक्रममा प्रमुख साम्पाङले आफूले धरानमा हरेक शुक्रबार ‘सुधारबार’ भनेर अभियान सञ्चालन गरिरहेको गृहमन्त्रीलाई जानकारी गराए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर