बाबर आजम फेरि पाकिस्तानी क्रिकेट टिमको कप्तान

काठमाडौं । बाबर आजम फेरि पाकिस्तानी क्रिकेट टिमको कप्तान नियुक्त भएका छन् । पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष मोहसिन नकवीले छनोट समितिको सिफारिसपछि बाबरलाई यो जिम्मेवारी दिएका हुन्। शान मसुद भने टेस्ट टोलीको कप्तानमा कायमै रहेका छन्। बाबरले अब टी–२० र एक दिवसीयमा पाकिस्तान टोलीको कप्तानी सम्हाले छन्।
प्रतिक्रिया