स्पेनिस ला लिगा फुटबलमा सेभिल्ला विजयी

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा डिफेन्डर सर्जियो रामोसको गोलमा सेभिल्ला विजयी भएको छ। शनिबार सम्पन्न खेलमा सेभिल्लाले गेटाफेलाई १-० ले पराजित गरेको हो। पाहुना टोली सेभिल्लाको जितमा सर्जियो रामोसले गरेको गोल नै निणार्यक बन्यो।

उनले खेलको पाँचौँ मिनेटमा गोल गरेका थिए। त्यसपछि बाँकी समय थप गोल नहुँदा सेभिल्ला विजयी भयो। जितसँगै सेभिल्लाले जारी सिजन ३० खेलबाट ३१ अंक जोडेर १४औँ स्थानमा उक्लिएको छ। पराजित गेटाफेको भने समान खेलबाट ३८ अंकसहित ११औँ स्थानमा रहेको छ। २९ खेलबाट ७२ अंक जोडेको रियल मड्रिड शीर्ष स्थानमा रहेको छ। समान खेलबाट ६४ अंक रहेको बार्सिलोना दोस्रो स्थानमा छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर