इंग्लिस प्रिमियर लिगमा लण्डन क्लब र चेल्सी बराबरीमा

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा लण्डन क्लब चेल्सी बराबरीमा रोकिएको छ। शनिबार राति सम्मन्न खेलमा घरेलु टोली चेल्सी बर्नलीसँग २-२ गोलको बरारीमा रोकिएको हो। खेलमा चेल्सीले दुईपटक अग्रता बनाएको थियो।
४४औँ मिनेटमा कोल पाल्मरले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए। तर, खेलको ४७औँ मिनेटमा जोश कलेनले गोल गरेपछि खेल १-१ को बराबरी अबस्थामा आयो। ७८औँ मिनेटमा पुन पाल्मरले गोल गरेपछि चेल्सीले खेलमा २-१ को अग्रता बनायो। त्यसपछि ८१औँ मिनेटमा बर्नलीको लागि लोरेन्ज असाइनोनले गोल गर्दै खेल २-२ को अबस्थामा ल्याए। बाँकी समय थप गोल नहुँदा दुबै टोलीले १/१ अंक बाँडे।
त्यसअघि खेलको ४०औँ मिनेटमा लोरेन्ज असाइनोनले रातो कार्ड खाएपछि पाहुना टोली बर्नली १० खेलाडीमा सिमित बनेको थियो। बराबरीसँगै २८ खेलबाट चेल्सीले ४० अंक जाडेको छ। चेल्सी ११औँ स्थानमा छ। ३० खेलमा १८ अंक जोडेको बर्नली १९औँ स्थानमा रहेको छ।
बाँकी खेलको नतिजा
नॉटिंघम फोरेस्टविरुद्ध किस्टल प्यालेस १-१
न्युक्यासल युनाइटेडविरुद्ध वेस्ट ह्याम युनाइटेड ४-३
बोनमाउथविरुद्ध एभरटर्न २-१
शेफिल्ड युनाइटेडविरुद्ध फुलह्याम ३-३
टोटेन ह्यामविरुद्ध लुटन टाउन २-१