त्रिशूली नदीमा ट्याक्सी खस्दा पाँचजनाको मृत्यु

काठमाडौं । पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका–५ पृथ्वी राजमार्गको सिमलधारा नजिक भएको ट्याक्सी दुर्घटनामा परी मृत्यु हुनेको पहिचान खुलेको छ । शनिबार बिहानै काठमाडौंबाट गोरखातर्फ गइरहेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खसेपछि पाँच जनाको मृत्यु भएको थियो ।

मृतकको पहिचान खुलेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ट्याक्सी चालक गोर्खा नगरपालिक–७ बस्ने ३५ वर्षीय अर्जुन, गोर्खा नगरपालिका–७ की ४१ वर्षीया हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षीया अन्जना रोकाय, ९ वर्षीय आगमन नगरकोटी रहेका छन् । गोरखा नगरपालिका–७ का १८ वर्षीय दिवस रोकाय बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

यसैगरी पृथ्वीराज मार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका– १ गुणादीमा शनिबार बिहान ८ः२० कार बसमा ठक्कर खाँदा तीन यात्रु घाइते भएका छन् । पोखराबाट दमौली जाँदै गरेको ना ५ ख ५३५९ नं. को बस रोकी राखेको अवस्थामा सोही दिशाबाट आउँदै गरेको बाग्मती बि ए सी ५७० नं. को कार बसको पछाडिको भागमा ठोक्किएको थियो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अपिलराज बोहराका अनुसार घाइते हुनेमा कार चालक कास्की जिल्लाको पोखरा महानगरपालिका–२५ बस्ने वर्ष ३१ को विकास त्रिपाठी, कारमा सवार पोखरा महानगरपालिका–१६ बस्ने वर्ष ३२ को विकास बानियाँ र सोही महानगरपालिकाको वडा नं. १९ बस्ने वर्ष ३१ को सञ्जीव भण्डारी छन् । घाइतेहरूको दमौलीस्थित रत्नहरि मेमोरियल अस्पताल उपचार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर