आइपिएलमा कोलकाता नाइट राइडर्सले लगातार दोस्रो जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्सले लगातार दोस्रो जित हात पारेको छ । चिन्नस्वामी स्टेडियममा भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई ७ विकेटले हराउँदै कोलकत्ताले लगातार दोस्रो जित निकालेको हो । बैंग्लोरले दिएको १८३ रनको लक्ष्य कोलकत्ताले १६.५ ओभरमा ३ विकेटको क्षतिमा भेट्टाएको हो ।

कोलकाताका लागि वेन्कटेश ऐयर ले सर्वाधिक ५० रनको योगदान दिए । ३० बलको सामना गरेका ऐयर ले ४ छक्का र ३ चौका प्रहार गरेका थिए । यस्तै, ओपनर सुनिल नरिनले ४७ रन जोड्दा कप्तान श्रेयश ऐयर भने ३९ रनमा अविजित रहे । यस्तै, फिल साल्टले ३० रन जोड्दा रिङ्कु सिंह भने ५ रनमा अविजित रहे । रोयल च्यालेन्जर्स बैंग्लोरका लागि यश दयाल, मयंक डागर र भिसाक विजयकुमारले समान १-१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको रोयल च्यालेन्जर्सले पूरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १८२ रनको योगफल तयार पारेको थियो । बैंग्लोरका लागि विराट कोहलीले सर्वाधिक ८३ रनको योगदान दिए । ५९ बलको सामना गरेका कोहलीले ४ चौका र ४ छक्का प्रहार गरेका थिए । यस्तै, क्यामरन ग्रिनले ३३, ग्लेन म्याक्सवेलले २८, दिनेश कार्तिकले २० र कप्तान फाप डु पेलिसिसले ८ जोडे । कोलकाताका लागि हर्षित राना र आन्द्रे रसेलले समान २-२ तथा सुनिल नरिनले १ विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर